Section 33A
मुद्दाको तहकिकात
(१) दफा १९क., १९ख. र दफा ३० को उपदफा (२) बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकिकात र दायरी निरीक्षकले गर्नेछ ।
(२) दफा ३० को उपदफा (३) बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकिकात र दायरी नियन्त्रकले तोकेको अधिकृतले गर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम तहकिकातको काम पूरा भएपछि तहकिकात गर्ने अधिकारीले मुद्दा दायर गर्ने हदम्याद अगावै अनुसन्धान प्रतिवेदन सरकारी वकील समक्ष पेश गर्नु पर्नेछ ।"